नेपालमा थप १५ सय ३९ जनामा कोरोना संक्रमणको पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ३१ गते बुधवार


काठमाडौं :  नेपालमा थप १५ सय ३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार थप १५ सय ३९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको हो ।बुधबारसम्म ८ लाख ७२ हजार २ सय ७४ पीसीआर परीक्षण भएकोमा ५८ हजार ३ सय २७ जनामा कोरोना देखिएको छ । आज १ हजार ६८ जना संक्रमित निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

जसअनुसार प्रदेश १ मा ३ हजार ५ सय ५७, प्रदेश २ मा ११ हजार ३ सय ५७, बागमती प्रदेशमा ८ हजार ८ सय ६४ , गण्डकी प्रदेशमा २ हजार ४ सय ११ जना, प्रदेश ५ मा ६ हजार ७ सय ६४, कर्णाली प्रदेशमा २ हजार ५ सय ९० र सुदूरपश्चिम प्रदेशमा ६ हजार ६३ गरी आजसम्म ४१ हजार ७ सय जना संक्रमित निको भएर घर फर्किएका छन्। बुधबार देशभरी सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४२ जना रहेको छ । आज संस्थागत आइसोलेसनमा प्रदेश १ मा ४ सय १६, प्रदेश २ मा ९ सय ४६, बागमती प्रदेशमा ४ हजार ५ सय ९५ र गण्डकी प्रदेशमा ८ सय १ जना, प्रदेश ५ मा १ हजार २ सय ७२, कर्णाली प्रदेशमा २ सय ६२ र सुदूरपश्चिम प्रदेशमा २ सय ४९ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार ५ सय ४१ जना संक्रमित रहेका छन्।

 

यसैगरी होम आइसोलेसनमा प्रदेश १ मा १ हजार १ सय ३९, प्रदेश २ मा १ हजार ३ सय १, बागमती प्रदेशमा ३ हजार ९ सय र गण्डकी प्रदेशमा १ सय ८२ जना , प्रदेश ५ मा ७ सय ४२, कर्णाली प्रदेशमा १ सय २३ र सुदूरपश्चिम प्रदेशमा३ सय १४ गरी देशभरी ७ हजार ७ सय १ जना संक्रमित रहेका छन । यस्तै आइसियुमा १ सयय ७३ र भेन्टिलेटरमा २६ जना उपचाररत रहेका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार