श्राद्धको खाना खादा कैलालीमा एक जनाको मृत्यु , १६ जना बिरामी

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ३१ गते बुधवार

कैलाली :  श्राद्धको खाना खादा कैलालीमा एउटै टोलका १६ जना बिरामी परेका छन् ,भने एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका १० खमौराका १६ जना बिरामी परेका हुन्।

बिरामीहरुमध्ये एकजनाको मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए । उनको अनुसार श्राद्धमा खाना खाएर बिरामी परेका गोदावरी नगरपालिका १० का सुरेश बोहराको मृत्यु भएको हो। उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

गोदावरी नगरपालिका १० का अध्यक्ष रविन्द्र शाहीले १६ जनामध्ये एक जनाको मृत्यु भएको र बाँकी १५ जनाको उपचार भईरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार