पूर्व अर्थमन्त्री खतिवडा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार नियुक्त

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ३० गते मङ्गलवार

काठमाडौँं  : पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरिएको छ । मन्त्रिपरिषदको बैठकले १० दिन अघि पदमुक्त भएका खतिवडालाई नयाँ र विशेष जिम्मेवारी दिएको हो । सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्री स्तरको सुविधा पाउने गरी खतिवडालाई नियुक्त गरिएको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चाहँदा चाहँदै पनि राष्ट्रियसभा सदस्यमा निरन्तरता दिन नसके पनि पछिल्लो निर्णय मार्फत खतिवडालाई साथ मै राखेका छन् ।अर्थमन्त्रालय आफैसँग राखेर खतिवडाको सल्लाहमा अर्थमन्त्रालय चलाउने गरी प्रधानमन्त्रीले यो कदम चालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार