दाङमा करेन्ट लागेर ३ जना बालबालिकाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र ३० गते मङ्गलवार

दाङ :   दाङमा करेन्ट लागेर ३ जना बालबालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालीका १० उत्तर अम्रराईका ४ बर्षीया रेणुका चौधरी, ८ बर्षीय प्रसान्त चौधरी र ३ बर्षीय अमृत चाधैरीको कुलोमा पानी तान्न राखिएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सोही ठाउँको एक घरमा मृत्यु पश्चातको शुद्धशान्ती कार्यक्रममा पानी तान्नका लागि कुलोमा मोटर जडान गरिएको रहेछ । त्यहि कुलोमा बालबालिकाहरु खेल्दा करेन्ट लागेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए ।

‘ उनीहरुलाई कति बेला करेन्ट लागेको हो, कसैलाई थाहाँ भएन छ , करिब २ बजेतिर एक जना बच्चाले कुलोमा उनीहरुलाई देखिपछि सबैले थाहाँ पाएछन्,’ उनले भने । उनीहरुको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार