दाङ : दाङमा मंगलवार थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा घोराही उपमहानगरपालिकाका १२ जना महिला र ११ जना पुरुष छन् । ति मध्य घोराही उपमहानगरपालिकाका ६ जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । १ जना डाक्टर, १ जना इन्जिनियर, १ जना अधिकृत र ३ जना कार्यालय सहयोगीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
संक्रमित भएका कर्मचारीहरुमा कुनै पनि लक्षण छैन् । संक्रमित भएकाहरु वडा नम्बर १५ का १३ जना, वडा नम्बर १४ का ३ जना, वडा नम्बर ५ का एक जना, वडा नम्बर ६ का ३ जना, वडा नम्बर ७ र ८ का एक एक जना रहेका छन् । यो सँगै घोराहीमा कोरोना संक्रमितको संख्या ३ सय ८८ पुगेको छ । वितेको २४ घण्टामा ९५ वटा स्वाब परिक्षण गर्दा २३ जनामा कोरोना देखिएको हो । घोराही उपमहानगरका अझै ५७ जनाको स्वाब परिक्षण हुन बाँकी रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
आज थपिएका २३ जना सहित दाङमा कोरोना भाइरसको संक्रमण हुने व्यक्तिको संख्या ९ सय ४२ पुगेको छ । ति मध्य ७ सय ४३ जना कोरोना मुक्त भैसकेका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अझै ५ सय ५४ वटा स्वाब परिक्षण गर्न बाँकी छ ।