तुलसीपुर : तुलसीपुर उपमहानरपालिकामा हाल सम्म १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपमहानगरमा हाल सम्म ३ हजार ८८ जनाको स्वाब पीसीआर परीक्षण गर्दा १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसील जानकारी दिए । ३ हजार ८८ मध्य १ हजार २९ वटा स्वाब समुदायस्तबाट संकलन गरिएको थियो । ति मध्यमा ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने ३७ जनाको स्वाब परीक्षणको क्रममा रहेको उनले जानकारी दिए ।
अहिले सम्म कोरोना संक्रमित भएका मध्य ९७ जना निको भएर घर फर्किएको फोकल पर्सन केसीले जानकारी दिए । साथै अहिले ४४ जना संक्रिय संक्रमितहरु रहेको र उनीहरु विभिन्न आइसोलेसनमा रहेको समेत उनले जानकारी दिए । होम आइसोलेसनमा ४ जना, भेरी अस्पतालको आइसोलेसनमा २ जना, होटेल आइसोलेसनमा ३ जना र कोरोना विशेष अस्पताल बेलझुण्डीमा ३७ जना रहेको केसीले बताए । त्यसैगरी अहिले उपमहानगरले संचालन गरेको क्वारेन्टाइनमा २६ महिला १२ पुरुष गरुी ३८ जना बसेका छन् । उपमहानगरमा ६५ बेडको आइसोलेसन सेन्टर रहेको छ ।