निबन्ध तथा वक्तीत्वकला प्रतियोगितामा सहभगी उत्कृष्ट विद्यार्थीलाई सम्मान

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २९ गते सोमवार

तुलसीपुर :  तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले राष्ट्रिय बाल दिवस मनाएको छ । दिवसको अबसरमा भर्चुअल मध्यम बाट गरिएको निबन्ध तथा वक्तीत्वकला प्रतियोगितामा सहभगीहरु मध्य उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा बाल अधिकारकर्मी नबराज लामिछानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरकालिकाकि उपमेयर माया शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तुलसिपुर उपमहानगरकालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भास्कर गौतम , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंह , तुलसीपुर उपमहानगरकालिकाको न्यायीक समिति सदस्य जानुका रेग्मी, उद्योग बाणिज्य संघका महासचिब रुप बहादुर खत्री , बाल मितेरी मा वि का प्रधानाध्यापक ओम प्रकाश वली लगाएतकाले बोलेका थिए ।

कोभिड १९ ले बालबालिकामा परेको प्रभाव र निराकरणको उपाय विषयक निबन्ध प्रतियोगितामा गोर्खा मा.वि. कक्षा ९ का छात्र शैलेश शर्मा प्रथम , बाल मितेरी मा.वि. कक्षा १० की छात्रा अस्मिता खनाल द्धितीय , गुरुजजुर मा.वि रक्षचौर कक्षा ११ का छात्र अमित गीरी तृतिय , मा.वि. दोघरे कक्षा १० का छात्रा रेखा केसी र मा.वि. काला खोला कक्षा १० का बिशाल वली सान्त्वना भएका थिए ।

वक्तृत्वकला प्रतियोगिता तर्फ गोर्खा मा.वि कक्षा १२ की छात्रा बेनिषा बस्नेत प्रथम, ज्ञानज्योति मा.वि कक्षा ११ की छात्रा कृति डाँगी द्धितिय, ज्ञानज्योति मा.वि कक्षा ११ का कीरण भुषाल तृतिय, तुलसी मा.वि कक्षा १० का छात्रा आर्जन बस्नेत र जनप्रिय मा.वि बालापुरका छात्रा देवका न्यौपाने सान्त्वना भएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार