दाङ : दाङमा गएराती भएको भारी वर्षाले विभिन्न ठाउँमा क्षती पु¥याएको छ, भने खोलाहरुमा बाढी आएको छ । जसले गर्दा बाढीले विभिन्न ठाउँमा क्षेती पु¥याएको छ । सम्पूर्ण क्षेतीको विवरण नआएपनि केही ठाउँको विवरण भने आउन थालेको छ । तुलसीपुर उपमहानगरपालिका ८ चमेरे खोलामा आएको बाढीले रोल्पा गंगादेव गाउँपालिका ४ का २३ बर्षीय राज कुमार वली र राम वलीको कुखुरा फर्ममा पानी पस्दा बोइलर कुखुराका १ हजार चल्ला र १० बोरा दाना डुबेर नष्ट हुदाँ करिब ४ लाख बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी वर्षाका कारण तुलसीपुर ३ का ३४ बर्षीय गोपाल वलीको कच्ची घर भत्किएको छ । घर परिवारलाई प्रहरीले उद्धार गरेको छ । घर भत्किए पछि घरमा भएका अन्नपात सबै काम नलाग्ने अवस्थामा पुगेका छन् । यस्तै हापुर खोलामा आएको बढीले ब्रोइलर कुखुराको बच्चा बोकेको गाडी बगाएको छ । चितवनबाट तुलसीपुरतर्फ जाँदै गरेको ७ हजार कखुराको बच्चा बोकेको गाडी बगाउँदा साढे ३ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बिहान खोलामा आएको बाढीले ना ४ च १४४६ नम्बरको ब्रोइलर कुखुरा बोकेको गाडी बगाएपछि गाडीका चालक र सहचालकलाई उद्धार गरेको प्रहरीले जनाएको छ । त्यस्तै जल तथा मौसम विज्ञान विभागले दाङको बेलझुण्डी, तुलसीपुर आसपासका क्षेत्रमा पछिल्लो ३ घन्टामा अति भारी वर्षा हुने भन्दै सावधानी अपनाउन सर्वसाधारणलाई मोबाइलमा म्यासेज समेत पठाएको थियो ।