भुगोल अनुसारको सेवाग्राहीलाई मालपोत कार्यालय तुलसीपुरले सेवा दिने

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २९ गते सोमवार

तुलसीपुर :  मालपोत कार्यालय तुलसीपुरले भुगोल अनुसारको सेवाग्राहीलाई सेवा दिने भएको छ । आइतवार बसेको सिसीएमसीको बैठकले सोमवारदेखी कार्यालयमा शुचारु गर्ने निर्णय अनुसार कार्यालयमा सेवाग्राहीको भिडभाड हुने भन्दै भुगोल अनुसारको सेवालाई निरन्तरता कार्यालयले जनाएको छ । आइतवारदेखि शुक्रवारसम्म भुगोल अनुसार आउने सेवाग्राहीलाई मात्रै सेवा दिने दिने कार्यालयका प्रमुख नरेश खड्काले जानकारी दिए ।

कोरोना माहामारीको जोखिम बढिरहेको बेला कार्यालयमा हुने अत्यधिक चाप र भिडभाडलाई रोक्नका लागी भन्दै कार्यालयले गएको साउन २३ गते एक सुचना जारी गदै साउन २५ गते देखी भुगोल अनुसारका सेवाग्राहीलाई सेवा दिदै आएका थियो । सोहि अनुरुप साविकको गाविस अन्तर्गत मोठश्रेष्ता भएका सेवाग्राहीलाई बार अनुसार सेवा दिईने भएको छ ।

जसमा आइतवार र सोमवार तुलसीपुर ,बिजौरी,हलवार,बाघमारे, बयाले सिमतारा क्षेत्रका सेवाग्राहीलाई सेवा दिईने कार्यालय प्रमुख खड्काले जानकारी दिए । यस्तैगरी मंगलवार बिजौरी, टरिगाउँ, उरहरी, हेकुली र फुलवारीका सेवाग्राहीलाई सेवा दिईने छ ।

कार्यालयका अनुसार बुधवार लाहुरेचौर , टरिगाउँ, उरहरी, हेकुली र फुलवारीका सेवाग्राहीलाई सेवा प्रवाह गरिने भने विहिवार र शुक्रवार तुलसीपुर, मानपुर, डुरुवा तथा धनौरी क्षेत्रका सेवाग्राहीलाई सेवा प्रदान गरिने छ । कार्यालय प्रमुख खड्काले कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुले आफनो बार अनुसार आउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार