भाँचिएको लिङ्गको तुलसीपुरमै सफल अप्रेसन

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २८ गते आइतवार

 


तुलसीपुर : तुलसीपुर   सिटी हस्पिटलमा जटिल प्रकृतिको अप्रेसन सफलता पूर्वक सम्पन्न भएको छ । आइतबार तुलसीपुरका एक ब्यक्ति २६ बर्षीय  युवकको लिङ्ग भाचिए पछि उनलाई तत्काल हस्पिटल ल्याएको थियो । यौन सम्पर्क गर्ने क्रममा उनको लिङ्ग भाचिएको पछि समयमै हस्पिटल ल्याएपछि ४ घण्टा लामो अप्रेसन पछि उनको लिङ्ग जोडिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

तुलसीपुरमा यस्तो जटिल प्रकृतिको अप्रेसन सफलता पूर्वक सम्पन्न भएको यो सम्भबत पहिलो अस्पताल हो । अस्पतालका सर्जन डाक्टर सुशिल खनिया, एनेस्थेसिस्ट डाक्टर रुपेस महतो, डाक्टर वसन्त डाँगी, स्टाफ नर्स तनिसा गौतम लगाएतका टीमले सफलता पूर्वक सल्य क्रिया गरेको अस्पताल स्रोतले जनाएको छ ।

यस अघि पनि हाडजोर्नी, स्त्री रोग सम्बन्धी विभिन्न जटिल र साधारण अप्रेसनहरु दिनहु सफलता पूर्वक सम्पन्न हुदै आएको हस्पिटलका सन्चालक हेमराज बस्नेतले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार