स्वास्थ्यकर्मीको सम्मानका लागी असोज १ गते दिप प्रज्वलन अनुरोध

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २८ गते आइतवार


दाङ :  सरकारले आउँदो असोज १ गते बेलुका ८ बजे घरघरमा दीपावली गर्न अनुरोध गरेको छ । विश्व बिरामी सुरक्षा दिवसको अवसरमा स्वास्थ्यकर्मीहरुको सम्मानमा दीपावली गर्न अनुरोध गरेको स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाका निर्देशक तारानाथ पोखरेलले बताए ।

कोरोना महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउन र उनीहरुको सम्मानका लागि सरकारले पनि असोज १ गते बेलुका सात बजे माईतीघर मण्डलामा दीप प्रज्वलन गर्ने उनले बताए । महानिर्देशक पोखरेलले त्यही समयमा कोरोना सङ्क्रमितको स्वास्थ्य लाभको कामना गर्नुको साथै कोरोनाबाट ज्यान गुमाएकोहरुको सम्झनामा एक मिनेट मौन धारण गर्ने समेत आग्रह गरेका छन् ।

यस वर्षको विश्व बिरामी सुरक्षा दिवस स्वास्थ्यकर्मीहरुको सुरक्षा, बिरामीको सुरक्षाको प्राथामिकता भन्ने विषयमा मनाउन लागिएको र ’स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि सबै बोलौँ’ भन्ने नाराका साथ मनाउन लागिएको उनले बताए ।
निर्देशक पोखरेलले स्वास्थ्यकर्मीको सुरक्षा र उच्च मनोबल विना कोरोना भाइरसविरुद्धको लडाइँमा जित हासिल गर्न नसकिने भएकोले उनीहरुको सुरक्षा र सम्मानका लागि सबैले पहल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार