बाँकेमा रेड पाण्डाको छाला सहित ५ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २८ गते आइतवार

 


दाङ : बाँकेमा प्रहरीले रेड पाण्डाको छाला सहित ५ जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जाजरकोट कुसे गाउँपालिका ६ का ३२ बर्षीय कृष्ण वली, वडा नं.९ का २८ बर्षीय ईन्द्र बहादुर नेपाली, सुर्खेत भेरीगंगा नगरपालिका ५ का ३० बर्षीय जय बहादुर कामी, सोही ठाउँका २५ बर्षीय गणेश वि.क र वडा नं.१२ का ३६ बर्षीय देव बहादुर बाँठा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्लाको बैजनाथ गाँउपालिका १ स्थित गगन थारुले संचालन गरेको डेनियाल रेष्टुरेण्टमा दुर्लभ वन्यजन्तु (रेडपाण्डा) को खरिद विक्री गर्ने लागेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले रेष्टुरेन्टको कोठा खाटमुनीबाट नग्रा, दात सहितको रेड पाण्डाको छाला बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसरी ल्याएका रहेछन्
रेडपाण्डाको छाला जाजरकोटकै लोकेश सिंहबाट ईन्द्र बहादुर नेपालीले एक लाखमा खरिद गरी कृष्ण वलीलाई दिएको र वलीले गणेश विकलाई दिएको हाल सम्मको अनुसन्धान बाट खुल्न आएको प्रहरीले जनाएको छ । त्यसैगरी विक लगाएतले सुर्खेत छिन्चुबाट उक्त छाला ४०लाखमा विक्री गर्ने भनि बाँकेमा ल्याएको खुल्न आएको प्रहरीले जनाएको छ ।
त्यसैगरी उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफ २६ (क) बमोजिमको १० लाख सम्म जरिवाना र ५ वर्ष देखी १० वर्ष सम्म कैद वा दुवै सजाय हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार