नेपालमा १ हजार ३९ जना थपिए, भने ११ सय ७३ जना डिस्चार्ज भए

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २८ गते आइतवार

काठमाडौं :   नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको हो ।

आइतबार देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ । यस्तै आइसियुमा १ सय ६९ र भेन्टिलेटरमा २३ जना संक्रमित उपचाररत रहेका छन् । आइतबार १ हजार १ सय ७३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। त्यस्तै देशभरी ३८ हजार ६ सय ९७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । आज क्वारेन्टीनमा ६ हजार ५ सय ३६ जना छन् ।

त्यसैगरी नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ६ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै कारोनाबाट २ महिला सहित ६ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार ६५–६५ वर्षिया दुई जना महिला तथा ५९, ७०, ६४ र ५९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मोरङमा ६९ र सिन्धुपाल्चोकमा ५९ वर्षिय पुरुष तथा कास्कीमा ४५ वर्षिया महिलाको कारोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार