दाङमा भोली विहान ६ देखी बेलुका ७ बजे सम्म खुल्ला

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २८ गते आइतवार


दाङ : दाङमा कोरोना संक्रमणको उच्च जोखिममा रहेको भनि गरिएको निषेधाज्ञालाई सोमबार देखि खुकुलो बन्ने भएको छ । गत भाद्र १४ गतेदेखी २१ गते सम्म पूर्ण रुपले निषेद्याज्ञा जारी गरिएको थियो । त्यसपछि भदौ २१ देखी २८ गते सम्म बिहान ६ बजेदेखि मध्यान्ह १२ बजे सम्म खुल्ला र मध्यान्ह १२ बजेदेखी भोली पल्ट ६ बजे सम्म कडारुपमा निषेधाज्ञा जारी गरिएको थियो । तर आइतवार दाङको घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको बैठकले सोमवार देखी निषेद्याज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार ब्यवसाय गर्न पाउँने र उद्योग, कलकारखाना, विकास निर्माण सम्बन्धी कार्य गर्दा कामदारहरु कार्य स्थल बाहेक बाहिर आवत जावत गर्ने नपाउँने गरी संचालन गर्ने दिने निर्णय भएका दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिए । त्यसैगरी जिल्ला भित्र संचालन हुने सबै किसीमका सवारी साधनहरु बेलुका ७ बजे सम्म मात्र जोर विजोरका आधारमा संचालन गर्ने दिने निर्णय भएको उनले बताए ।

सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुमा समिती कर्मचारीहरु ब्यवस्थापन गरी नियम अनुसार सामाजिक दुरी र सजगता अपनाउदै संचालन गर्न दिने समेत उनले बताए । त्यसैगरी उनले तोकिएको समय भन्दा अन्य समयमा ब्यापार ब्यवसाय, सवारी सधान संचालन गरेमा कानुनी अनुसार कारबाही गरिने समेत जानकारी दिए ।

बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान प्रहरीका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । जिल्लामा हाल सम्म ८७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य ७३९ जना डिस्चार्ज भएका छन्,भने १३१ जना संक्रिय संक्रमितहरु रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार