घोराहीमा होटल साहुनीले चक्कु प्रहार गर्दा प्रहरी हवल्दार घाईते

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २८ गते आइतवार

दाङ :  दाङको घोराहीमा होटेल साहुनीको चक्कु प्रहारबाट एक प्रहरी हवल्दार घाईते भएका छन् । घाईते हुनेमा वडा प्रहरी कार्यालय लमहीमा कार्यरत  प्रहरी हवल्दार ३७ वर्षीय खड्क बहादुर खत्री रहेको ५ नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

घोराही १५ आदर्शटोल स्थित सुर्खेती होटलकी सन्चालिका ४० बर्षिया ईन्द्रा थापाले प्रहरी हवल्दार खत्रीलाई शनिवार बेलुकी ६ बजे आफनै होटेलमा बोलाएर एक्कासी चक्कु प्रहार गरेको प्रदेश प्रहरी प्रवक्ता राजकुमार बैदवारले जानकारी दिएका छन् । घाईते खत्रीको नाक,टाउको र ढाडमा चोट लागेको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ ।  चक्कु प्रहार गर्ने थापालाई चक्कु सहित नियन्त्रणमा लिइ जिप्रका दाङबाट थप अनुसन्धान भइरहको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार