दाङ : बर्दियामा एक युवक खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर ब्यपत्ता भएका छन् । गुलरिया नगरपालिका ५ सैलवार निवासी २२ बर्षीय सनी थारु नदिमा साथीहरुसंग पौडी खेल्ने क्रममा डुबेर ब्यपत्ता भएको प्रहरीले जनाएको छ । शनिवार मध्यान्न करिब साढे १२ बजेतिर सोही ठाउँमा रहेको भादा नदिमा पौडी खेल्ने क्रममा डुबेर ब्यपत्ता भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।
ब्यपत्ता थारुको खोजी कार्य जारी रहेको र जिप्रका बर्दियाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसैगरी रुपन्देहीमा खोला तर्ने क्रममा डुबेर एक ब्यक्तिको मृत्यु भएको छ । शनिवार विहान करिब साढे ९ बजेतिर जिल्लाको मर्चवारी गाउँपालिका २ जोगियाबारी स्थित डण्डा खोलामा वडा नं. २ मुकन्दगड निवासी ६५ बर्षीय ठाकुर पासीको मृत्यु भएको प्रहरीले जनाएको छ ।