रुकुममा आपको रुखबाट खसेर एक युवकको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २८ गते आइतवार

दाङ :  रुकुममा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ । शनिवार दिउँसो साढे ४ बजेतिर पूर्व रुकुम सिस्ने गाउँपालिका ६ ढलकबाराका २६ बर्षीय बसन्त बोहोरा घर नजिकैको आपँको रुखबाट खस्दा मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

रुखबाट खसेर गम्भिर घाईते भएका बोहोरालाई उपचारको लागी जिल्ला अस्पताल रुकुमकोट ल्याएको थियो । उनको हिजो साझँ करिब सवा ५ बजेतिर मुत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा जिप्रका पूर्व रुकुमबाट पथ अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार