दाङमा कुल संक्रमित ८७३ मध्य ७३९ जना निको भए

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २८ गते आइतवार

दाङ : जिल्लामा हाल सम्म ८७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार मात्र तुलसीपुर उपमहानगरमा स्वास्थ्यकर्मी, उपमहानगरका कर्मचारी लगाएत अन्य समुदायस्तरका गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा कुल संक्रमित मध्य ७३९ जना निको भएर घर फर्किएका छन्,भने १३१ जना संक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । हाल सम्म बबइ गाउँपालिकामा ३२ जनामा संक्रमण पुष्टि भएकोमा सबै निको भएका छन् ।

त्यसैगरी दंगीशरणमा ७ जनामा मध्य ५ जना डिस्चार्ज भएका छन् । शान्तिनगरमा ३८ जना मध्य ३५ जना डिस्चार्ज, तुलसीपुरमा १४१ जना मध्य ८७ जना डिस्चार्ज, घोराहीमा ३४६ जना मध्य २८४ जना डिस्चार्ज,बंगलाचुलीमा १६० जना मध्य सबै निको भएका छन् । त्यस्तै लमहीमा ३५ जना मध्य ३४ जना डिस्चार्ज, राप्तीमा ४० जना मध्य ३३ जना डिस्चार्ज, गढवामा ४८ जना मध्य ४५ जना डिस्चार्ज, राजपुरमा २२ जना मध्य २० जना निको भएका छन् ।

साथै ठेगाना नखुलेका ४ जनामा कोरोना पुष्टि भएता पन सिबै डिस्चार्ज भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए । त्यस्तै संक्रमितहरु दंगीशरणमा २ जना, शान्तिनगरमा ४ जना, तुलसीपुरमा ५४, घोराहीमा ६१, लमहीमा १, राप्तीमा ७, गढवामा ३ र राजपुरमा २ जना रहेको र उनीहरु कोरोना विशेष अस्पताल, होम आइसोलेसन, अन्य आइसोलेसन सेन्टरमा रहेको छन् । जिल्लामा हाल सम्म २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लामा अहिले विभिन्न पालिकाले ९ स्थानमा क्वारेन्टाइन संचालन गरेका छन् । ति क्वारेन्टाइनमा ६२६ बेड संख्या रहेको उनले जानकारी दिए । साथै जिल्लामा १७७ बेडको आइसोलेसन सेन्टरहरु संचालनमा रहेका छन् । जस मध्य तुलसीपुरमा ६५ बेड, राप्ती गाउँपालिकामा ८६ र घोराहीमा २६ बेडको आइसोलेसन सेन्टर रहेको फोकल पर्सन चन्दले जानकारी दिए । जिल्लामा ९४ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार