गएराति  सिन्धुपाल्चोकमा पहिरो जादाँ २ जनाको मृत्यु , २२ जना बेपत्ता

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २८ गते आइतवार

काठमाडौं : सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुचे र भीरखर्कमा गएराति पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ। २२ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेका अनुसार नागपुचेमा ७ वटा घर पुरिँदा १ जनाको मृत्यु र १६ जना बेपत्ता भएका छन्।

६० वर्षीया भक्तिमया श्रेष्ठको शव भेटिएको काफ्लेले बताए। यस्तै भीरखर्कमा २ घर पहिरोले पुरिएको ठाउँमा २२ वर्षीया जुनु विकको शव भेटिएको छ। ६ जना बेपत्ता भएका छन् । अहिले स्थानिय र प्रहरी उद्धारमा खटिएका नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए।  उनका अनुसार विस्तृत विवरण आउन बाँकी छ।

यसैबीच आफ्नो जिल्लामा पहिरो गएको जानकारी पाएसँगै सभामुख अग्निप्रसाद सापकोटा बिहानै त्यसतर्फ गएका छन्।  उनका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सभामुख सापकोटा स्थलमार्ग हुदै त्यसतर्फ गएका हुन्।  सिन्धुपाल्चोकमा केहि समय अघि मात्रै पहिरोले गाउँ नै बगाउँदा ठुलो जनधनको क्षति भएको थियो । बाह्रबिसे नगरपालिका–५ जम्बु र जुगल गाउँपालिका–२ लिदी पहिरोले ठुलो क्षति पुर्‍याएको थियो।

थाहा खबर

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार