तुलसीपुरमा शनिवार २२ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २७ गते शनिवार

तुलसीपुर :  तुलसीपुरमा शनिवार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीका अनुसार उपमहानगरपालिका कार्यालयमा कार्यरत १ जना कार्यालय सहयोगी सहित ३ जना , तुलसीपुर १९, ६,४ र ३ मा रहेको स्वास्थ्य संस्थामा कार्यरत २ जना कार्यालय सहयोगी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तैगरी समुदाय स्तरका अन्य १३ जना समुदाय स्तरका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिवार तुलसीपुरका ८९ जनाको स्वाव परिक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको हो ।

जसमा तुलसीपुर वडा नम्वर २ का २ जना, वडा नमवर ३ का १ जना, वडा नम्वर ४ का १ जना, वडा नम्वर ६ का ६ जना, वडा नम्वर ८ का २ जना, वडा नम्वर १५ का १ जना, वडा नम्वर १६ का २ जना, वडा नम्वर १ जना ,वडा नम्वर ५ का १ जना, वडा नम्वर १८ का ४ जना र वडा नम्वर १९ का १ जनामा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार