पाटन अस्पतालमा दुई जना र रुपन्देहीमा थप एक उपचाररत संक्रमितको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २७ गते शनिवार

काठमाडौं :  ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय, ललितपुरले दिएको जानकारीअनुसार भक्तपुरका ७२ वर्षीय एक पुरुषको शुक्रबार राती पौने १० बजे मृत्यु भएको हो। यस्तै, काठमाडौंका ५१ वर्षीय एक संक्रमित पुरुषको शनिबार बिहान २ बजे उपचारकै क्रममा ज्यान गएको छ।

ललितपुरका ती पुरुष उपचारका लागि भदौ १७ गते पाटन अस्पताल पुगेका थिए भने काठमाडौंका पुरुषलाई १९ गतेका दिन अस्पताल भर्ना गरिएको थियो। त्यसैगरी रूपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालमा यही भदौ १४ गते भर्ना भएका रूपन्देही ओमसतिया गाउँपालिका ५ का ४० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए। उनका अनुसार ती पुरुषमा श्‍वासप्रश्वास र ज्वरोको समस्या थियो।

अरू दीर्घरोग नभए पनि अवस्था चिन्ताजनक बन्दै गएपछि राति करिब १२स्३० बजे मृत्यु भएको थापाले बताए। कोरोना विशेष अस्पतालमा १६ जनाको आइसियुमा र १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाइएको छ। तर, प्रयाप्त दक्ष प्राविधिक स्वास्थ्यकर्मी नहुँदा संक्रमितको उपचारमा थप समस्या भइरहेको डा. थापाको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार