(नेकपा) ले आगामी चैत अन्तिम साताभित्र पार्टीको महाधिवेशन गर्ने निर्णय

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २६ गते शुक्रवार

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले आगामी चैत अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । करिब डेढ महिना स्थगित भएपछि शुक्रवार बसेको बैठकले आगामी चैत्र २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको तयारी सम्बन्धि कामलाई अगाडी बढाउन आगामी कात्र्तिक १५ देखि १७ सम्म केन्द्रिय कार्यसमिति बैठक बोलाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पूर्ण रुपमा पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने निर्णय पनि गरेको छ । यसअघि गत मंसिरमा प्रचण्डले कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने निर्णय भएपनि कार्यान्वयनमा समस्या आएकाले त्यसलाई आजको बैठक थप व्याख्या गरेको प्रवक्ता श्रेष्ठले बताए । स्थायी समितिको निर्णयसँगै प्रचण्ड कार्यकारी अधिकार सहित पार्टी सञ्चालन र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुने छन् ।

प्रवक्ता श्रेष्ठले पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन ओलीले गर्ने बताए । सरकारको दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत महत्व र राष्ट्रिय महत्वका निर्णय गर्दा पार्टीको मार्गनिर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ । सचिवालको र दुई अधयक्षको परामर्श तथा सहमतिमा निर्णय गर्नुपर्ने उनले बताए । सरकारले प्रस्तुत गर्ने विधेयकको शैद्धान्तिक पक्षका बारेमा पार्टीको कमिटीहरुमा छलफल गरेर अगाडी बढ्ने निष्कर्ष पनि बैठकले निकालेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार