३ दिन मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने सम्भावना

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २६ गते शुक्रवार

काठमाडौं  : अबको ३ दिन देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन जारी गर्दै न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित भएकाले आजदेखि आइतबारसम्म देशभर मेघगर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । आज देशको अधिकांश भू भागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का भू(भागका केही स्थानहरुमा मेघगर्जन र चट्यासहित पानी पर्ने सम्भावना रहेको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकाको साथै गण्डकी प्रदेशका एकरदुई स्थानमा अहिले भारी वर्षा भइरहेको छ ।

आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ( ‘प्रदेश १ , प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

भोलि ९शनिबार० र पर्सी आइतबार पनि प्रदेश १ , बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार