o
दाङ : जिल्लामा बिहिवार सम्म कोरोना संक्रमितको संख्या ८४७ पुगेको छ । हिजो थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । घोराही १३ का ३७ बर्षीय पुरुष र घोराही १५ का २६ र ५८ बर्षीय महिलामा संक्रमण पुष्टि भएको हो । साथै जिल्लामा हिजो सम्म ७३९ जना निको भएर डिस्चार्ज भएको र अहिले संक्रिय संक्रमितको संख्या १०६ जना रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । हाल सम्म बबइ गाउँपालिकामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएता पनि सबै निको भएका छन् ।
त्यसैगरी दंगीशरणमा ६ जनामा पुष्टि भएकोमा ५ जना निको भएका छन् । शान्तिनगरमा ३८ जना मध्य ३५ जना निको भएका छन् ।तुलसीपुरमा ११९ जना मध्य ८७ जना डिस्चार्ज, घोराहीमा ३४३ जना मध्य २८४ जना डिस्चार्ज,बंगलाचुलीमा १६० जना मध्य सबै डिस्चार्ज, लमहीमा ३५ जना मध्य ३४ जना डिस्चार्ज, राप्तीमा ४० जना मध्य ३७ जना डिस्चार्ज, गढवामा ४८ जना मध्य ४५ जना डिस्चार्ज, राजपुरमा २२ जना मध्य २० जना डिस्चार्ज र ठेगाना नखुलेका ४ जनामा कोरोना पुष्टि भएता पनि सबै डिस्चार्ज भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
साथै संक्रिय संक्रमितहरु दंगीशरणमा १ जना, शान्तिनगरमा ३ जना, तुलसीपुरमा ३२, घोराहीमा ५७, लमहीमा १, राप्तीमा ७, गढवामा ३ र राजपुरमा २ जना रहेको र उनीहरु कोरोना विशेष अस्पताल, होम आइसोलेसन, अन्य आइसोलेसन सेन्टरमा रहेको उनले बताए ।