शान्तिनगरमा समुदायस्तरमा स्वाब संकलन जारी

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २५ गते बिहिवार


दाङ :  समुदायमा कोरोनाको संक्रमण पहिचानका लागि शान्तिनगर गाउँपालिकाले समुदायस्तरमा स्वाब संकलन कार्यलाई निरन्तरता दिदै आएको छ । गाउँपालिकाले पिसिआर परिक्षण गर्नका लागि विहीवार ९३ जनाको स्वाब संकलन गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिए । वडा नं. ४ र ५ का समुदायस्तरका िविभिन्न ब्यक्तिहरु र वडा नं. ७ मा कन्ट्याक्ट टे«सीङका आधारमा गरी ९३ जनाको स्वाब संकलन गरिएको उनले बताए ।

साथै समुदायस्तरमा कोरोना संक्रमण भए नभएका बारेमा थाहाँ पाउनको लागी ७ वटै वडाका नागरिकहरुको स्वाब संकलन गरिने समेत पुनले बताए । अब वडा नं.१,२,३ मा स्वाब संकलन गरिने समेत उनले बताए । हाल सम्म ९४२ जनाको स्वाब संकलन गरिएको संयोजक पुनले जानकारी दिए । त्यसैगरी गाउँपालिकामा अहिले सम्म हाल सम्म ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार