बाँकेमा बिभिन्न मुद्दामा दोषि ठहर फरार भएका ७ जना पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २५ गते बिहिवार

बाँके : बाँकेमा बिभिन्न मुद्दामा दोषि ठहर फरार भएका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी टोलीले फरार प्रतिवादीहरुलाई विभिन्न समयमा पक्राउ गरेको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका ४ बस्ने दामोदर सुनार रहेका छन् । उनी विरुद्ध जिल्ला अदालत बाँकेले चोरि मुद्दामा दोषी ठहर गदै १ लाख ४० हजार ३ सय ८६ रुपैया जरिवाना फैसला गरेको थियो ।

यस्तैगरी डुडुवा गाउँपालिका ३ बस्ने कृपाराम खटिक र सोहि ठाउँका महबुब आलामलाइ कुटपिट मुद्दामा अदालतले दोषि ठहर गदै खटिकलाई ६ हजार २ सय ५० रुपैया र आलामलाई ४४ हजार १ सय ६६ रुपैया जरिवाना फैसला गरेको थियो । उनी विरुद्ध अदालतले फैसला गरेको मिति देखी फरार भएका थिए । उनलाई प्रहरीले लुकीछिपी बसीरहेको अवस्थामा पक्राउ गरी आबश्यक कारवाहीका लागी अदालत उपस्थित गराएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार