काठमाडौं : नेपालमा कोरोना भाइरसका कारण थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ४ पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
काठमाडौंमा मात्रै एक महिला सहित ३ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । काठमाडौंमा ५५ वर्षिया महिला, ५९ र ८३ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
यस्तै चितवनमा ६२ वर्षिय पुरुष र कपिलवस्तुमा २९ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १७ पुगेको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस