तुलसीपुरमा भर्चुअल बालदिवस

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २५ गते बिहिवार


तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाले कोभिडको प्रभावका कारण यसपटकको बालदिवस भर्चुअल रुपमा मनाउने भएको छ । महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा भर्चुअल रुपमा विभिन्न प्रतियोगिताको आयोजना गरेर दिवस मनाउन लागेको हो । सरकारले यो वर्ष भदौ २९ गतेका दिन विपदमा बाल अधिकारको सुनिश्चितताः हामी सबैको प्रतिवद्धता भन्ने मुल नाराका साथमा बालदिवस मनाउन थालेको उपप्रमुख माया शर्माले जानकारी दिइन् ।

उनले माध्यमिक तहका विद्यार्थीहरुका लागि सामुदायिक र संस्थागत अन्तर्गत अलग अलग कार्यक्रम आयोजना गरिएको पनि जानकारी गराइन् । सामुदायिक विद्यालयका लागि निबन्ध र संस्थागत विद्यालयका लागि वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको पनि उनको भनाई छ । ‘धेरै भिडभाड नहोस् भन्नका लागि हामीले यस्तो खालको प्रतियोगिता गर्न लागेका हौं’ उपप्रमुख शर्माले बताइन् ।

वक्तृत्वकलामा भाग लिने विद्यार्थीहरुले तुलसीपुर उपमहानगरपालिका वक्तृत्वकला प्रतियोगिता फेसबुक पेजमा र निवन्ध प्रतियोगितामा भाग लिन चाहने mbsbsakha@gmai.com इमेलमा पठाउन सक्ने व्यवस्था गरिएको महिला शाखा अधिकृत विष्णुकुमारी आचार्यले वताइन् ।
प्रतियोगिताका पुरस्कृतहरुलाई दिवसको अवसर पारेर पुरस्कार वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार