दाङमा बुधवार थप एक जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २४ गते बुधवार

दाङ :   दाङमा बुधवार थप एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका १५ की ३५ बर्षीय महिलालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए । योसंगै जिल्लामा कोरोना संक्रमितहरुको संख्या ८ सय ४४ पुगेको उनले बताए । संक्रमित मध्य अहिले सम्म ७ सय २७ जना भने कोरोना मुक्त भएका छन् । अहिले दाङमा १ सय १४ जना सक्रिय संक्रमित रहेको फोकल पर्सन चन्दले जानकारी दिए । उनीहरु अधिकांश घरकै आइसोलेशनमा छन्, अन्य संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार