रानीघाट युवा क्लबद्धारा कोरोना सचेतना अभियान शुरु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २४ गते बुधवार


डिल्लीराज भुसाल
तुलसीपुर : रानीघाट युवा क्लबले बुधवारदेखी ३ दिने कोरोना सचेतना अभियान तुलसीपुर ७ पर्सेनी चोक बाट शुरु गरेको छ । क्लबका अध्यक्ष नारायण न्यौपानको अध्यक्षता एवं तुलसीपुर ७ का वडाध्यक्ष टोप बहादुर केसीको प्रमुख आतिथ्यता तथा वडा नं. ७ का वडा सदस्य राम बहादुर जिसीको विशिष्ट आतिथ्यतामा अभियानको शुरु भएको हो ।

उक्त अबसरमा पर्सेनी बजारका ब्यापरी, प्रहरी बिट ,स्थानीय तथा सवारी चालक ,सहचलाकलाई निशुल्क मास्क ,पन्जा तथा आयुर्वेदिक जडिबुटी लहरे गुर्जो बितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष केसीले कोरोना लाग्न बाट बच्न सामाजिक दुरी कायम राख्नु पर्ने , मास्कको सहि प्रयोग गर्नु पर्ने तथा कोरोना संक्रमितलाई माया र साहस दिनुपर्ने बताए ।

कार्यक्रम मा तरुण दल वडा नं. ७ का सभापति दिपक केसी ,सजपाका दिपक पोख्रेल ,राजमोका नगर कमिटी अध्यक्ष श्याम लाल पोख्रेल, नेपाली कांग्रेसका क्षेत्रिय उपसभापति प्रेम बहादुर कुमालले कोरोना संक्रमणबाट बच्नको लागी सबै सचेत हुन् पर्ने बताएका थिए ।

उक्त कार्यक्रममा क्लबका सल्लाहकार शंकरमान बिष्टले ५५ सयको राहत कोषको स्थापन गरेका छन् । क्लबले २५ गते कालाखोला ,२६ गते मिलन चोकमा कोरोना सचेतना अभियान तथा मास्क ,पन्जा र लहरे गुर्जो बितरण गर्ने जनाएको छ । क्लबका सल्लाहकार शंकरमान बिष्टले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार