काँग्रेस दाङद्धारा जिल्ला प्रशासन दाङलाई दश हजार पिस मास्क प्रदान

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २४ गते बुधवार

दाङ : नेपाली काँग्रेस दाङले जिल्ला प्रशासन कार्यालयलाई बुधवार दश हजार पिस मास्क प्रदान गरेको छ । जननायकवीपी कोईरालाको १०७औं जन्मजयन्तिको अवसरमा काँग्रेस दाङले ती मास्क सहयोग स्वरुप प्रदान गरेको हो ।
काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, उपसभापति कमानसिंह भारती, सचिव शंकर डाँगी, क्षेत्र नंं. २ का क्षेत्रीय सभापतिभूपबहादुर डाँगी प्रदेश सभा सदस्य अर्जुन श्रेष्ठ लगाएका नेताहरु जिल्ला प्रशासन कार्यालयमा पुगेर मास्क हस्तान्तरण गरेका हुन ।

मास्क हस्तान्तरण गर्दै पार्टी सभापति खड्काले फ्रन्ट लाइनमा खटिने प्रहरी प्रशासनका कर्मचारीलाई कोरोना रोकथामको लागि केहीसहयोग पुगोस भनेर मास्क हस्तान्तरण गरेको बताए । माहामानव वीपीको जन्मजयन्तिमा मास्क वितरण गर्न पाउँदा खुसी लागेको भन्दै सभापति खड्काले कोरोना भाइरसको महामारी संगखेलवाड नगर्न आग्रह गरे ।मास्क बुझ्दै प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भविष्यमा पनि यस्तै रचनात्मक र सकारात्मक सहयोगको अपेक्षा व्यक्त गरेकाथिए ।

उनले सबैको सहयोगले मात्रै कोरोना विरुद्धको लडाई जित्न सफल हुने भन्दै सबैलाई अनिवार्य रुपमा मास्क लगाउन तथा साबुन पानीलेहात धुन आग्रह गरेको काँग्रेस दाङका सचिव शंकर डाँगीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार