काठमाडौं, २४ भदौ : नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हजार ८१ संक्रमित थपिएसंंगै नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।
बुधबार देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार २५ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश १ मा ५ सय ५, प्रदेश २ मा ३ सय ७४, बागमती प्रदेशमा ४ हजार ७ सय ७२ र गण्डकी प्रदेशमा ७ सय ३३ जना , प्रदेश ५ मा ७ सय १३, कर्णाली प्रदेशमा २ सय ७५ र सुदूरपश्चिम प्रदेशमा ६ सय १६ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ७ हजार ९ सय ८८ जना उपचाररत रहेका छन् ।
होम आइसोलेसनमा प्रदेश १ मा ८ सय ६२, प्रदेश २ मा २ हजार ५ सय, बागमती प्रदेशमा २ हजार ४ सय ६६ र गण्डकी प्रदेशमा १ सय जना , प्रदेश ५ मा ७ सय ९५, कर्णाली प्रदेशमा ८४ र सुदूरपश्चिम प्रदेशमा १ सय ३० जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार २७ जना संक्रमित उपचाररत रहेका छन् । आइसियुमा देशभरी १ सय ६२ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै भेन्टिलेटरमा २२ जना संक्रमित उपचाररत रहेका छन् । बुधबार ९ सय १८ जना डिस्चार्ज भएका छन् ।