दाङ : तुलसीपुर उपमहानगरपालिकाबाट कोरोना भाइरस संक्रमणको आशंकामा संकलन गरिएको ६० जनाको नमुना स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणमा तुलसीपुर ११ स्थित किरियापुत्री सहित सवैको रिपोट नेगेटिभ आएको फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
यही भदौ १९ गते भारतबाट किरियापुत्री सहित ४ जना घर आएका थिए । त्यसैगरी पवनगर स्वास्थ्य चौकी, हेमन्तपुर नगर स्वास्थ्य केन्द्र र मानपुर स्वास्थ्य चौकीका कर्मचारीमा समेत कोरोना संक्रमण देखिएपछि तिन वटै स्वास्थ्य चौकीका कर्मचारीको स्वाव संकलन गरी परिक्षण गरिएको थियो ।