१९ नम्बर बाहिनी अब कोरोना मुक्त

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २४ गते बुधवार


शरद रेग्मी
तुलसीपुर : तुलसीपुर स्थित १९ नम्बर बाहिनीमा कोरोना संक्रमित रहेका ३० जना मध्य सबैले कोरोना जितेका छन् । बाहिनी प्रशासनले दिएको जानकारी अनुसार २१ जनाको रिपोर्ट यस अघि नै नेगेटिभ आएको थियो । आज थप ९ जनाको पनि रिपोर्ट नेगेटिभ आएपछि बाहिनि कोरोना मुक्त भएको हो । “हामीले उच्च सर्तकर्ता अपनाएकै कारण सबैले कोरोना जित्न सफल भएका हौ, नेपाली सेनाका एकजना उच्च अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार