लमही : प्रदेश ५ का प्रदेशसभा सदस्य शर्माले लमही अस्पतालले प्रदान गर्दै आइरहेका सेवालाई थप प्रभावकारी बनाउन अनुरोध गरेका छन् । अस्पतालमा सल्यकृया गरेर सुत्केरी गराउने सेवा सुरु गर्ने बिषयमा गरिएको स्थलगत अनुगमनको क्रममा सांसद शर्माले अस्पतालको सेवा सुविधालाई प्रभावकारी बनाउन अनुरोध गरे ।
उनले स्वास्थ्य क्षेत्र आफैमा संवेदनशिल क्षेत्र भएको भन्दै यहाँ आउने बिरामीले सहज रुपमा उपचार सेवा कसरी पाउन सक्छन्, त्यस बारेमा ध्यान दिएर योजना बनाएर काम गर्न आवश्यक रहेको बताए । उनले यहाँको उपचार प्रति बिरामीको विश्वास जगाउन सक्नु पर्ने र सेवालाई बृद्धि गर्दै लैजानु पर्ने समेत बताए ।
अनुगमनको क्रममा लमहीनगर प्रमुख कुल बहादुर केसीले अस्पतालको सेवा बृद्धिमा नगरपालिकाले ध्यान दिएको र समस्याहरुको बारेमा पहिलेनै जानकारी दिन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा आग्रह गरे । अब ढिलोमा एक महिना भित्रबाट सल्यकृया मार्फत सुत्केरी सेवा प्रदान गरिने लमही अस्पतालका डाक्टर सत्यप्रसाद वैद्यले जानकारी दिए । उनले निक साइमन्स ईन्सीच्यूटसंगको सहकार्यमा लमही अस्पतालमा सल्कृया मार्फत सुत्केरी सेवा प्रदान गर्ने तयारी अन्तिम चरणमा पुगेको भन्दै म आएको एक साता भयो ।
अब एक महिना भित्र सल्यकृया सेवा सुरु गर्ने योजनामा छु । सोही अनुसार तयारी अघी बढेको समेत डा. वैद्यले बताए । अस्पतालमा सल्कृया कक्ष निर्माण हुन लागेको र आएका सामाग्रीहरु मिलाउने काम चलिरहेको उनले बताए ।