तुलसीपुर : तुलसीपुरमा कन्ट्याक्ट ट्रेसिङ टिमलाई अभिमुखिकरण प्रदान गरिएको छ । कोरोना संक्रमित व्यक्तिहरुको कसरी ट्रेसिङ गर्ने, कसरी सक्रिय संक्रमितहरुलाई व्यवस्थापन गर्ने ,पिसीआर परिक्षणका लागि के कस्ता मापदण्ड अपनाउने र कन्ट्याक्ट ट्रेसिङ फाराम कसरी भर्ने विषयमा अभिमुखिकरण प्रदान गरिएको हो ।
स्वास्थ्य कार्यालय दाङको आयोजनामा र स्वाथ्यका लागि सक्षम प्रणालीको आर्थिक सहयोग र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा तुलसीपुरमा कोभिड रोकथाम नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी र कन्ट्याक्ट ट्रेसिङ टिमलाई अभिमुखीकरण प्रदान गरिएको हो ।
कार्यक्रम स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद वहादुर शाही ,विश्व स्वास्थ्य संगठनका मेडिकल अफिसर डा. पवन उपाध्याय ,जिल्ला कोभिड १९ फोकल पर्सन कमल चन्द, प्रविण तिमिल्सिना लगाएतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा तुलसीपुर उपमहानरका कोभिड १९ फोकल पर्सन बिमल केसीले स्वागत गरेका थिए ।