दाङमा मंगलवार थप ह ३ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २३ गते मङ्गलवार

दाङ  :  दाङमा मंगलवार थप ह ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ह गरिएको परिक्षणमा
गढवा गाउपालिकाका २ र शान्तिनगरका १ जनामा रहेको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए । गढवा गाँउपालिका ४ की ५६ वर्षिया महिला र वडा नम्वर ८ का ५० वर्षका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । यी दुबै संक्रमित भारतबाट आई क्वारेनटाइनमा बसेको गाउँपालिकाले जनाएको छ । यस्तै भौरहवाबाट आई होम क्वारेनटाईनमा बसेका शान्तिनगर गाउपालिका ७ का २६ वर्षका एक पुरुषमा कोरोना देखिएको छ । योसँगै दाङमा कोरोना संक्रमित कुल संख्या ८ सय ४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार