नेपालमा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २३ गते मङ्गलवार

काठमाडौं :  नेपालमा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका ३ सय ७ महिला र ५ सय ९५ पुरुष गरी ९ सय २ जनामा संक्रमण देखिएको प्रवक्ता डा। गौतमले बताउनुभयो । काठमाडौंमा ३ सय, भक्तपुरमा ५८ र ललितपुरमा ३८ जनामा संक्रमण देखिएको हो । नेपालमा जम्मा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ ।

मंगलबार २ हजार २ सय ८७ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा २ हजार ८ सय १६, प्रदेश २ मा ९ हजार ५ सय २३, बागमती प्रदेशमा ५ हजार ४ , र गण्डकी प्रदेशमा १ हजार ९ सय ९२ जना, प्रदेश ५ मा ५ हजार ७ सय ५१, कर्णाली प्रदेशमा २ हजार ३ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय ८० गरी आजसम्म ३२ हजार ९ सय ६४ जना डिस्चार्ज भएका छन् । त्यसैगरी नेपालमा कोरोना भाइरसबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ पुरुष र एक महिला गरी ६ जनाको मृत्यु भएको हो ।

काठमाडौं र पर्सामा २—२ जना संक्रमितको मृत्यु भएको हो । काठमाडौंमा ८० वर्षिया महिला र ८५ वर्षिय पुरुष तथा पर्सामा ५४ र ६० वर्षिय पुरुषको मृत्यु भएको छ । यस्तै कपिलवस्तुमा ६२ र सुनसरीमा ७० वर्षिय पुरुषको मृत्यु भएको छ ।

योसँ गै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार