शान्तिनगर : केही समय अगाडी अबिरल बर्षाका कारण शान्तिनगर गाउँपलिका ७ कुमलगडी स्थित यकलाल योयीको घर पूर्ण रुपमा भत्किएको थियो । टिनले छाएको २ तलले माटोको र गोठ भत्किएपछि उनीहरु अहिले पनि बाहिर त्रिपाल टाकेर बसीरहेको स्थानिय ओम भण्डारीले बताए । आर्थिक अवस्था कम्जोर भएका कारण उनीहरुको अवस्था एकदमै दयनिय रहेको उनले बताए ।
घर भत्किएको यति लामो समय हुदाँ पनि स्थानिय सरकारले कुनै पनि सहयोग नगरेको भण्डारीले बताए । ‘ घर भत्किएको धेरै दिन भइ सक्यो,’ उनले भने,‘ वडाले हामी पहल गरि दिन्छौँ भन्ने गरेको र गाउँपालिकाले टिकको ब्यवस्था गरिदिने भन्नु कुरो आएको छ । गरिबलाई कस्ले हेर्छ होला, यदि ठुला बडाको घर भत्किएको भए रातरात घर बन्थ्ये होला ।’ त्यसैगरी भण्डारी घर भत्किएपछि सामाजिक संजाल बाट सहयोगको लागि अनुरोध गरेका थिए । त्यहि अनुरोधलाई देश तथा विदेशमा रहेका विभिन्न ब्यक्तिहरु सहयोग गर्दै आएको भण्डारीले बताए । अहिले सम्म करिब ५० हजार सहयोग जुटेको समेत उनले बताए ।
योगीको लागी दुखीको साहारा बन्न सफल जिमिन सस्थाले एक कोठे घर निर्माण गरिदिन लागेको समेत उनले बताए । ‘ संस्थाले नियम अनुसार एक कोठाको मात्र घर निर्माण गर्न लागेको छ । अब अर्काे कोठा निर्माण गर्नको लागी विभिन्न ब्यक्तिहरुले सहयोग गर्दै आएका छन् । ‘देशमा संघियता आएपछि जनताको दुखका दिन जान्छ, होला जस्तो लाग्थ्यो । तर जनताको रहेन छ, नेताहरुको लागी मात्र रहेछ ,’ उनले भने ।
त्यसैगरी मंगलवार नेपाली कांग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय उपसभापति, पश्चिम दाङका युवा नेता प्रमोद बस्नेतले योगी परिवारको घर निर्माणका लागी आर्थिक सहयोग गरेका छन् । उनले योगीको घर मै पुगेर १२ हजार १ सय आर्थिक सहयोग गरेका थिए । बस्नेतले आर्थिक सहयोग गर्दै जनताहरु घरबार विहिन हुदाँ पनि स्थानिय सरकारले अहिले सम्म केही पनि गर्न नसक्नु दुख भएको बताए । उनले आफ्नो सानो सहयोगबाट योगीको घर निर्माणको लागी एउटा ईट्टा थपिएला भनेर सहयोग गरेको बताए । त्यसैगरी नेता बस्नेतले आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।