शिक्षा दिवस तर शैक्षिक संस्था ६ महिनादेखि ठप्प

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २३ गते मङ्गलवार

 

दाङ : आज ४१औं राष्ट्रिय शिक्षा दिवस तथा ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसकालाई बिबिध कार्यक्रम गरि मनाईदैछ । गत बर्ष मनाइएको झै यसबर्ष भने खुल्ला रुपमा मनाईने छन् । कोभिड –१९ का कारण प्रबिधि र सामाजिक दुरी कायम गरी सामान्य तरिकाले नै मनाईने बुझिएको छ । सरकारको नीति तथा कार्यक्रम मार्फत वि.सं. २०७६ देखि ८५ सम्मलाई सार्वजनिक विद्यालय सवलीकरण दशकको रूपमा घोषणा गरिएको छ ।

दाङलाई ५ बर्ष अघि २०७२ साउन २५ गते सरकारले निर्धारण गरेको साक्षरता सख्या पुगेपछिसाक्षर जिल्ला घोषणा गरिएको हो । तत्कालिन अबस्थामा दाङ देशकै ११ औँ तथा मध्यपश्चिमको तेस्रो जिल्लाका रुपमा साक्षरता जिल्लाका रुपमा रहेको थियोे । मध्यपश्चिमका सुर्खेत र प्युठान यसअघि नै साक्षर जिल्ला घोषणा भइसकेका थिए ।

तत्कालीन शिक्षामन्त्री चित्रलेखा यादवले साक्षर जिल्ला घोषणा गर्नु गरेकी थिइन् । आर्थिक बर्ष २०६८÷६९ देखि साक्षर अभियान सुरु भएको हो । २०६७ सालमा साबिक कोइलावास गाविसलाई साक्षर घोषणा गरिएपछि लगातार गाविस र नगरपालिकालाई साक्षर घोषणा गरिएको थियोे ।
जिल्लाका १५ देखि ६० बर्ष उमेरका जनसख्या मध्ये ९६.८ प्रतिशत जनसख्या साक्षर भएका छन् । अझै जिल्लामा साक्षरोत्तर कार्यक्रम सञ्चालन गरिनुपर्ने देखिएको छ । पन्ध्रदेखि ६० वर्ष उमेरका ३ लाख ९५ हजार ८९ मध्ये ३ लाख ८२ हजार ७० नागरिक साक्षर भएको जनाएको छ । तथ्याङ्कानुसार जिल्लामा अझै १२ हजार ५१९ निरक्षर छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार