रेशम खेतीमा रमाउदै दाङका युवाहरु (भिडियो सहित)

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २३ गते मङ्गलवार

दाङ : दाङमा पछिल्लो समय धेरै ब्यक्तिहरु रेशम खेती प्रति आकर्षित भएका छन् । जिल्लाको देउखुरी क्षेत्रमा धेरै युवाहरुले विगत केही बर्षदेखि गर्दै आएका छन् । नेपालमा भन्दा पनि अन्तराष्ट्रिय बजारमा यसको माग राम्रो भएकोले र जिल्लाको देउखुरी क्षेत्रमा राम्रो हावा पानी भएकाले पछिल्लो समय धेरै युवाहरु ब्यवसायिक रुपमा यो खेतितिर लागेका छन् । गढवा गाउँपालिका ह ४ की २० बर्षीय पुष्पा पौडेलले पुष्पा रेशम खेती गर्दै आएकी छ ।

उनले ऐग्रिकल्चरमा आएसी समम अध्यनन् गर्नु भएको छन् । त्यसैको प्रयोगात्मक कक्षा पनि रेशम खेतीको बारेमा लिएपछि त्यहि देखिपछि आफुले ३ बर्षदेखि रेशम खेत गर्दै आएको बताइन् । रेशम किराका अण्डाहरु काभ्रेपलाञ्चोक देखि ल्याउने गरेको समेत उनले बताइन् राम्रोसंग उत्पादन गर्न सकेमा एक विगाह जमिनबाट बर्षमा ४ लाख आम्दानी हुने तर खेति गरेको एक बर्षमा आम्दानी नहुने समेत उनले बताइन् ।

त्यसैगरी उनले यहाँका किसानहरुलाई प्रदेश सरकारबाट अनुदान आएको भएता पनि आफुसंगै निवदेन दिएकाले अनुदान पाएको भएता पनि आफु नपाएको गुनासो गरिन् । त्यसैगरी पुष्पाका बुवा धनिराम पौडेलले छोरीले गर्दै आएको ब्यवसायबाट आफु निकै खुशी भएको बताए । नयाँ नयाँ खेति भएकाले पनि आफुलाई उत्साह थपिएको समेत बताए । शुरुको बर्ष ५ कठ्ठा जग्गामा ३० हजारको किम्बुको विरुवा लगाएको भएता पनि त्यस बर्ष खडेरीका कारण सबै विरुवाहरु मरेर जादाँ घाटा लागेको समेत उनले बताए । त्यसैगरी दोस्रो बर्ष किप विकास निर्देशनालय काठमाडौँले ५ लाख सहयोग ३ विगाह जमिनमा यो खेति गर्दै आएको समेत धनिरामले बताए ।

अहिले सम्म अनुदानबाट आएको ५ लाख र आफ्नो गरी करिब १५ लाख खर्च भएको उनले बताए । त्यसैगरी स्थानियले किम्बु लगाएको ५ कठ्ठा जमिनमा भैसी चराइ दिदाँ नोक्सानी भएको समेत उनले बताए । त्यसैगरी गढवा गाउँपालिका ३ का युवा अन्जीत चौधरीले ९ विगाह जमिनमा रेशम खेती गर्दै आएको आएका छन् । रेशम किरा काठमाडौँको खुपासीबाट ल्याउने गरेको समेत उनले बताए । एक किलोमा मुल्य ५ सय रहेको समेत उनले बताए । त्यसैगरी आफुले प्रदेश सरकारबाट अनुदान पाउँदै आएको समेत उनले बताए ।

७ विगाह जमिन बार्षीक भाडा तिर्ने गरी लिजमा लिएको समेत चौधरीले बताए । त्यसैगरी गढवा गाउँपालिकामा करिब ४० विगाह जमिनमा युवाहरु उत्साहित भएर रेशम खेती गर्दै आएको भएता पनि कोरोनाको कारण समस्या भएको गाउँपालिका अध्यक्ष सहजराम यादवले बताए । गाउँपालिकाले कृषि क्षेत्रमा धेरै अनुदान दिदै आएको समेत उनले बताए । त्यसैगरी गाउँपालिकाले अहिले कोरोना महामारी कारण विदेशबाट आएका एक सय जना युवाहरुलाई एक जना गाउँमै रहेका युवाहरुलाई रोजगारी दिने योजना बनाएको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार