दाङ : दाङमा सोमवार सम्म ८४० जनामा कोरोनामा संक्रमण पुष्टि भएको छ । ति मध्य ७२७ जना निको भएर घर फर्किएका स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जिल्लामा हाल १ सय ११ जना संक्रिय संकमितहरु रहेको र उनीहरु विभिन्न आइसोलेन सेन्टर, होम क्वारन्टाइनमा रहेका छन् ।
संक्रिय संक्रमित मध्य घोराहीका ६२ जना, तुलसीपुरका ३४ जना, दंगीशरणमा १ जना, शान्तिनगरमा ३ जना, लमहीमा १ जना, राप्तीमा ७ जना, गढवामा १ जना र राप्तीमा २ जना गरी १ सय ११ जना रहेका स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए । बबई र बंगलाचुलीमा कोरोना संक्रमितको संख्या शुन्य रहेको छ । जिल्लामा सबै भन्दा बढि घोराहीमा ३ सय ३९ जनामा कोरोना संक्रमण भएको थियो, भने २७५ जना निको भएर डिस्चार्ज भएका छन् ।
साथै २ जनामा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै बबईमा ३२ जनामा कोरोना संक्रमण भएकोमा बसै निको भएका छन् । दंगीशरणमा ६ जना मध्य ५ जना निको भएका छन् । शान्तिनगरमा ३७ जना मध्य ३४ जना डिस्चार्ज, तुलसीपुरमा ११९ जना मध्य ८५ जना डिस्चार्ज, बंगलाचुलीमा १ सय ६० जनामा कोरोना संक्रमण भएकोमा सबै निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै लमहीमा ३५ जना मध्य ३४ जना डिस्चार्ज, राप्तीमा ४० जना मध्य ३३ जना डिस्चार्ज, गढवामा ४६ जना मध्य ४५ जना डिस्चार्ज, राजपुरमा २२ जना मध्य २० जना डिस्चार्ज र ४ जना ठेगाना नखुलकामा कोरोना संक्रमण भएकोमा सबै डिस्चार्ज भएको फोकल पर्सन चन्दले जानकारी दिए ।