अब प्रतिष्ठानमा कोरोनाको सशुल्क परिक्षण

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २३ गते मङ्गलवार


घोराही :  दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पिसिआर प्रबिधिबाट कोरोना परिक्षण सशुल्क हुने भएको छ । प्रतिष्ठानले सार्बजनिक सुचना जारी गरेर अबदेखि स्वेच्छीकरुपमा गर्न चाहनेको पिसिआर प्रबिधीबाट कोरोनाको परिक्षण ससुल्क हुने जनाएको हो । प्रतिष्ठानले सरकारले तोकेको मापदण्ड अनुसार ४ हजार ४ सयमा कोरोनाको ससुल्क परिक्षण गर्ने भएको छ ।

ससुल्क परिक्षणका लागि स्वास्थ्य मन्त्रालय र प्रदेशको सामाजीक बिकास मन्त्रालयले अनुमती दिइसकेका छन । साथै प्रतिष्ठानले सरकारि गाइडलाइन भन्दा बाहीर स्वेच्छीकरुपमा गर्न चाहनेहरुको यो सशुल्क परिक्षण हुने स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार