तुलसीपुरमा सोमवार ४ जना किरियापुत्रीसहित ६० जनाको संकलन

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २२ गते सोमवार

दाङ : जिल्लामा समुदायस्तरमा कोरोनाको संक्रमण देखिन थालेपछि यहाँका स्थानियतहरुको समुदायस्तरमा स्वाब संकलनलाई तिव्रता दिदै आएका छन् । त्यसैगरी तुलसीपुर उपमहानगरले भने पिसिआर परीक्षणको लागि ‘अन द स्पोट’ स्वाव संकलन थालिएको छ । सोही अनुसार उपमहानगरपालिले सोमवार किरियापुत्रीको घरमै पुगेर स्वाब संकलन गरेको छ । तुलसीपुर ११ हसनापुरमा ४ जना किरियापुत्रीहरुको स्वाब संकलन गरिएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले बताए । बुवाको मृत्यु पश्चात किरिया गर्नका लागि भारतबाट आएका उनीहरुको किरिया बसेकै ठाउँबाट स्वाब संकलन गरिएको उनले बताए ।

‘ उनीहरु भारतबाट आएको हुँदा कोरोना संक्रमणको जोखिम हुने भन्दै उपमहानगरपालिकाको टोलीले घरमै गएर स्वाब लिउको हो ,’ केसीले भने । रिपोर्ट नआउँदा सम्म छुट्टै किरिया बस्ने पनि उनीहरुले बताएको समेत उनले बताए । त्यसैगरी शनिवार कोरोना संक्रमण पुष्टि भएर सिल गरिएका स्वास्थ्य संस्था, होटलका गरी २३ जनाको स्वाब संकलन उपमहानगरको जनस्वास्थ्य प्रवद्र्धधन शाखाले जनाएको छ । ति मध्य १७ जना स्वास्थ्यकर्मी र ५ जना होटलका कर्मचारी रहेका छन् ।

४ जना स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी होटलमा काम गर्ने एक पुरुष र भारतबाट आएर होटलमा बसेका ब्यक्तिलाई पनि कोरोना पुष्टि भएको थियो । साथै क्वारेन्टाइनमा बसेका २२ जना ब्यक्ति र अन्य कन्ट्याक्ट टे«सिङ र केही ज्वरो आएका १२ जना गरी ६० जनाको स्वाब संकलन गरिएको केसीले बताए ।

त्यसैगरी आज एक जना स्वास्थ्यकर्मी सहित ७ जना कोरोना विशेष अस्पताल बेलझुण्डीबाट निको भएर डिस्चार्ज भएको उनले बताए । यो संगै उमहानगरमा कोरोना जितेर जानेको संख्या ८६ पुगेको छ, भने ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अब संक्रिय संक्रमितहरु ३५ जना रहेको फोकल पर्सन केसीले बताए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार