घोराही : घोराही उपमहानगरपालिका १० नारायणपुर क्षेत्रमा एक हप्ता लकडाउन गरिएको छ । नारायणपुर बजारमा कोरोना संक्रमितको संख्या बढेको भन्दै भदौ २८ गते सम्म लकडाउन गर्ने र संक्रमितको सम्पर्कमा रहेकाहरुको पिसिआर जाँच बढाउने उपमहानगरको वडा स्तरीय विपत व्यवस्थापन समितिले निर्णय गरेको छ ।
संक्रमित ब्यक्तिको घर परिवारका सदस्यहरुलाई बाहिर हिडडुल गर्न रोक लगाउने, संक्रमित परिवारका सबै सदस्यहरुको अनिवार्य स्वाब परिक्षण गर्ने, संक्रमितको घर परिवारलाई आबस्यक सामाग्री उपलब्ध गराउन र बजार अनुगमन गर्नका लागि वडा अध्यक्ष चित्रबहादुर डाँगीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ ।
समितिमा इलाका प्रहरी कार्यालय, नारायणपुर उद्योग बाणिज्य संघ सम्बधित टोल बिकास संस्थाका अध्यक्ष र ब्यबसायी गरी ७ सदस्यीय रहने छ । समितिले बजार क्षेत्रलाई एक साता सम्म पूर्णरुपमा बन्द गर्न र हिडडुल नगर्न समेत अपिल गरेको छ ।