बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २२ गते सोमवार

बाँके :  बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका ९ का ५९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । मृतक ३ वर्षदेखि मधुमह र ५ अघि देखि मुटुरोगको समस्या रहेको पनि उनको पारिवारीक स्रोतले जनाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतबार साझँ ८ बजेर ३० मिनेटमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षणका लागि भदौ १३ गते स्वाब लिइएको थियो । १५ गते पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनी इन्द्रेणी होटलको आइसोलेसनमा सेन्टरमा बसेका थिए । स्वास्थ्य समस्या बढेपछि उनको १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । योसँगै बाकेमा कोरोना सक्रमितको मत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार