काठमाडौं : नेपालमा कोरोना भाइरसबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा मात्रै ३ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ७४, ६८ र ८५ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
यस्तै मोरङमा ४५, पर्सामा ७७, धनुषामा ३५ र चितवनमा ७० वर्षिय पुरुषको मृत्यु भएको हो । यसैगरी मोरङमा ६४ र झापामा ४५ वर्षिया महिलाको मृत्यु भएको उहाँले बताउनुभयो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८९ पुगेको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस