दाङ : तुलसीपुरमा नालाको पानीमा मुख धुने क्रममा चिप्लीएर लड्दा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर १९ ग्वारखोला खैरेनी चोक बस्ने ६० बर्षीया लिला खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिवार दिउँसो करिब सवा १ बजेतिर घरदेखी २ सय मिटर दुरीमा रहेको नालाको खाल्टोमा जम्मा भएको पानीमा मुख धुने क्रममा चिप्लीएर लड्दा पानीको. डुबेको अवस्थामा फेला पारी स्थानियले उद्धार गरेका थिए ।
उनलाई उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको थियो । उनको उपचारको क्रममा हिजा दिउँसो करिब साढे २ बजेतिर मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ । साथै जिप्रका दाङबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बाँकेको खजुरा गाउँपालिका ४ निमपुर बस्ने करिब ५५ बर्षीया रामावती चमारले माछा पोखरीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शनिवार आफ्नै घरदेखि पश्चिमतर्फ करिब ५ सय मिटर दुरीमा सोही ठाउँका भुर्कन अहिरको माछा पोखरीमा डुबी चमार मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको बारेमा ईप्रका धनौली बाँकेबाट थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।