सल्यानमा शनिबार २१ जनाले कोरोना जितेर घर फर्किए

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २० गते शनिवार

सल्यान :  सल्यानमा शनिबार २१ जनाले कोरोना जितेर घर फर्किएका छन्। बनगाड कुपिण्डे नगरपालिकाको आइसोलेसनमा उपचारत २१ जना निको भएपछि घर फर्किएका हुन्।  कोरोना निको भएर घर फिर्कने सबै बनगाड कुपिण्डे नगरपालिकाका रहेका छन्।

कोरोना जितेर घर जानेहरु २ वर्षको बच्चादेखि ४७ वर्ष उमेर समूहका रहेको बनगाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बासुदेव पोख्रेलले बताए। आइसोलेसनबाट ६ महिला र १५ पुरुषले कोरोना जितेर घर फर्किएको उनको भनाई छ।  गत साउन २४ गते ३ जना, २७ गते १ जना, २९ गते १ र ३२ गते १६ जनामा कोरोना  संक्रमण पुष्टि भएपछि आइसोलेसनमा बस्दै आइरहेका थिए।

घर फर्किएका सबै २० दिनभन्दा बढी आइसोलेसनमा बसेका पोखरेलको भनाइ छ। ५ जनामा दोस्रो चरणमा गरिएको पिसिआर रिपाेर्ट पनि पोजेटिभ आएपछि झन्डै एक महिना आइसोलेसनमा बसेको उनले बताए।  यससँगै सल्यानका कोरोना निको भएर घर फर्किनेको संख्या २ सय ७८ पुगेको छ।

जिल्लामा अब २१ जनाले मात्र आइसोलेसनमा उपचार गराइरहेका छन्। लुहापिङ आइसोलेसनमा १५, बनगाड कुपिण्डेको आइसोलेसनमा ३, कपुरकोट गाउँपालिकाको आइसोलेसनमा १ र छत्रेश्वरी गाउँपालिकाको आइसोलेसनमा २ जनाको उपचार भइरहेको छ।  सल्यानमा हालसम्म ३ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार