दाङ : पाल्पामा पिकअप जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । शनिवार दिउँसो करिब साढे ३ बजेतिर जिल्लाको राम्जा गाउँपालिका ५ मुडुली स्थित आरे भञ्ज्याङ्ग रामपुर भित्री सडक खण्डमा रामपुरतर्फ जाँदै गरेको ना ३ च ८८०८ नम्बरको पिकअप जिप अनियन्त्रित भई पल्टिई पैदल यात्री सोही ठाउँका करिब ६० बर्षीय भुपाल सिंह रानाको मृत्यु भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । जिपको ठक्करबाट घाईते भएका रानाको उपचारको क्रममा प्राथमिक स्वास्थ केन्द्र ताहुँ पाल्पामा मृत्यु प्रहरीले जनाएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस